समाजसेवी गुरुङको जन्मोत्सव वृद्धाश्रममा
पाेखरा | मंसिर १२, २०७९
पोखराः लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रममा मनाएका छन् ।
३६ वर्षीय गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रममा खाद्यान्नका सामाग्री सहयोग गरेका जन्मोत्सव मनाएका हुन् ।

उनले सहयोग हस्तान्तरण गर्दै आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम पुगेको बताए । ‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ, उनले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’
उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने, ‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’
हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाउदै आएको बताउदै यसपटकपनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिएका थिए ।
युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् । उनले यसअघि कोरोना महामारीको समयमा पनि विपन्न परिवारहरुलाई राहात स्वरुप खाद्यान्नका समाग्री सहयोग गरेका थिए ।
गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा सय जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५५ जना आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाईसमेत खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।

काठमाडौं: गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...
काठमाडौं: नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

